हेटौंडा, ११ जेठ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभर एक साता निषेधाज्ञा थप गरेको छ ।
मकवानपुर प्रशासनले कोरोना नियन्त्रणका लागि जेठ २० गते सम्मका लागि निषेधाज्ञा थप गेएको हो । कोरोना महामारी नियन्त्रणको लागि गत वैशाख १९ गतेबाट लागू भएको निषेधज्ञाको समय दोस्रो पटक थपिएको हो ।
जेठ१३ सम्म रहेको निषेधज्ञा सोही दिनबाट जेठ २० सम्म थप हुने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
बैठकले औषधी तथा खाद्य वस्तु तथा तरकारी पसलहरू बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न दिने, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्ने र अन्य सबै प्रकारका व्यवसायहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
हेटौडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा भने औषधी, कृषि बीउबीजन तथा मल तथा भेटनरी पसल मात्र सञ्चालन गर्न दिइने निर्णय गरेको छ ।
हेटौंडाको मुख्य बजारको उत्तरमा चौकीटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भ¥याङ र पूर्वमा क्याम्पाडा“डाभित्रका खाद्यान्न तथा तरकारी, दूध लगायतका दैनिक उपभोग्य बस्तुहरू बिक्री गर्नका लागि सम्बन्धित सहकारी वा संघ संस्थाहरूमार्फत स्वास्थ्यका मापदण्ड अपनाएर मोबाइल भ्यानमार्फत् टोल–टोलमा पु¥याउन दिइने भएको छ ।