हेटौंडा, ११ जेठ ।

अबको केही दिन वर्षा, हावाहुरी तथा हिमपात हुने सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरुले आग्रह गरेका छन् । बङ्गालको खाडीमा उत्पन्न भएको यास नामको चक्रवातको असरले केहि दिन वर्ष, हावाहुरी तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुने बताएको छ ।

आँधीको प्रभावले आज प्रदेश(१, प्रदेश(२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश(१ का उच्च हिमालीरपहाडी भूभागका केही ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । यस्तै भोलि सबैजसो प्रदेशका केही ठाउँमा ठूलो पानी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हरेको विभागले जनाएको छ ।

यास चक्रवातको प्रभाव आउँदो शनिवारसम्म रहने छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षा तथा उच्च गतिको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले आजदेखि केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन पनि विभागले आग्रह गरेको छ ।