हेटौंडा , ११ जेठ ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा १४६ सांसदले दायर गरेको रिटमा आज सुनुवाई नहुने भएको छ ।
देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, उपेन्द्र यादव सहित विघटित प्रतिनिधिसभाका १४६ सदस्यले परमादेश लगायतका आदेश माग्दै दायर गरेको रिट मंगलबार पेशीमै नचढेको हो ।
सर्वोच्च अदालतले सार्वजनिक गरेको दैनिक पेशी सूचीमा मंगलबारका लागि दुई वटा मात्र इजलाश तोकिएका छन् ।
दुबै इजलाशमा प्रतिनिधिसभा विघटन अवैधानिक भएको र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित दायर २८ वटा रिटको पेशी उल्लेख छैन ।
दुई इजलाशमा न्यायाधीश दीपक कार्की र सपना प्रधान मल्लको इजलाशमा बन्दी प्रत्यक्षीकरण लगायतका चार तथा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा एउटा मुद्दा छ ।