हेटौंडा ११ जेठ ।
बागमती प्रदेशका सात ओटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि टेण्डर आह्वान भएको छ ।
वागमती प्रदेशका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौंको टोखा अस्पताल, ललितपुर जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रे जिल्ला अस्पताल र सिन्धुपाल्चोक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि समाजिक विकास मन्त्रालयले टेण्डर आह्वान गरेको हो ।
करिब ८ करोड ५० लाख रुपैयाँ लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आवहान गरिएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौडाका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।
प्रदेश सरकार मातहत बिभीन्न जिल्लामा १३ वटा अस्पताल रहेका छन् । प्रत्यक अस्पतालमा एक दिनमा एक सय ५० सिलिण्डरका दरले अक्सिजन उत्पादन गर्नेगरी प्लान्ट जडान गर्न लागिएको हो ।
एक महिना भित्र बागमती प्रदेशका सबै सरकारी अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान हुने सुनिस्चित भएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाले जनाएको छ ।