हेटौंडा, १० जेठ ।
मकवानपुरमा आज कोभिड–१९ का १ सय ८१ जना संक्रमित भएका छन् । आज कुल २ सय ८३ जनामा परिक्षण गर्दा १८१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
संक्रमित हुनेहरुमा हेटौँडा उपमहानगरपालिकाका मात्र १ सय भन्दा बढि रहेका छन् ।
यसैगरि आज कोरोना संक्रमित दुईजनाको निधन भएको छ । मृत्यु हुनेहरुमा हेटौँडा उपमहानगरपालिका १३ की एक महिला र थाहा नगरपालिकाका एक पुरुष छन् ।
गत २४ घण्टामा मकवानपुरमा थप १६३ जनाले कोरोना जितेका छन् ।
मकवानपुरमा अहिलेसम्म ७ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार २ सय सङ्क्रमणमुक्त भइसकेका छन् ।