हेटौंडा, १० जेठ ।
आफ्नै श्रीमती मारेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ परेका छन् ।

बारा निजगढ न.पा.रामथली घर भई हाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा बस्दै आएका कृष्ण बहादर मोक्तान पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

उनले हिजो आफ्नै श्रीमती ४२ वर्षिय सुनिता थापा मगरको हत्या गरि हेटौडा उपमहानगरपालिका १० न्युरेनी स्थित भुटनदेवी सामुदायिक जंगलमा फालेको पाइएको प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

उनलाई आज हेटौंडा उपमानगरपालिका कमानेबाट पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता रिमालको भनाई छ ।