हेटौंडा, १० जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना गर्नुभएको छ।

‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ ।

अध्यादेश राष्ट्रहित विपरित र आपत्तिजनक रहेको भन्दै उनले फिर्ता लिन माग गर्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मधेसी दल जसपाको माग बमोजिम अध्यादेश जारी गर्नुभएको थियो ।