हेटौंडा, १० जेठ ।

इटालीमा केबलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । इटलीको उत्तरी क्षेत्रस्थित माजोरे ताल नजिकैको पहाडमा केबलकार दुर्घटना भएको थियो । सो दुर्घटनामा कम्तीमा एक बच्चासहित १४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।


दुर्घटनाको कारण खुलेको छैन । केवलकार झण्डै २० मिटर तल जमिनमा खसेर आरालोमा गुड्किएको हो ।
रुखमा अड्किएपछि मात्रै केवलकार रोकिएको थियो ।

ज्यान गुमाउनेमा पाँचजना इजारायली रहेका छन् । स्ट्रेसा बजारबाट यात्रुलाई पिड्मोन्ट क्षेत्रको मोतारोनी माउन्टेन लैजाने क्रममा केवलकार दुर्घटना भएको हो ।
केवलकार वन क्षेत्रमा काटिएका रुखमाथि खसेको हो ।


पाँच र ९ वर्षका दुई बच्चालाई विमानबाट उद्धार गरि तुरिनस्थित अस्पताल लगिए पनि ९ वर्षको बच्चाको च्यान गएको हो । पाँच वर्षको बच्चाको शल्यक्रिया भएको र उसको अवस्था गम्भीर रहेको जनाइएको छ । उनी इजरायली हुन् ।