हेटौंडा , ९ जेठ ।


संयुक्त बजार अनुगमन टोलीले बढी मूल्य लिई पल्स अक्सोमिटर बिक्री गरेको आरोपमा हेटौडाको एक औषधी पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।


हेटौँडा उपमहानगरपालिका वडा नं ०१ राप्ती रोडस्थित सान्बी मेडिको औषधी पसलका सञ्चालक मनिषराम श्रेष्ठलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


श्रेष्ठले अक्सोमिटर तोकिएको मूल्यभन्दा अत्यधिक बढी मूल्य लिएको बिक्री गरेको पाइएकोले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।