हेटौंडा, ९ जेठ ।
राष्ट्रिय सभा सदस्यमा निर्वाचित डाक्टर खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरैले फकाएको र थर्काएको बताउनुभएको छ ।

आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देवकोटाले आवश्यक परेमा तिनीहरूको नाम सार्वजनिक गर्ने र कतिपय भ्वाइस रेकर्ड समेत आफुसँग रहेको बताउनुभएको छ ।

उहाँले आफू अडिग रहेको र विचलित भएको भए आफ्नो मात्र नभइ आफूजस्ता स्वतन्त्र रूपमा कमल चलाउने बुद्धिजीवीहरूको इज्जत प्रतिष्ठा जाने उल्लेख गर्नुभयो ।

युवाहरुले लामो यात्रा गर्न बाँकी नै रहेको भन्दै डा. देवकोटाले निष्ठा र इमानदारिताको राजनीतिबाट भागेर नहिँड्न, बोली र इमानमा कटिबद्ध हुन आग्रह गर्नुभएको छ ।