हेटौंडा, ९जेठ ।
बागमती प्रदेश सभाको आठौं अधिवेशन जेठ १६ गते आइतबारका लागि आह्वान गरिएको छ । असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णु प्रसाइँले अधिवेशन आह्वान गर्नुभएको हो । जेठ १६ गते बजेट अधिवेशनको शुभकामना दिने तथा प्रदेश सभामा दर्ता भएको पर्यटन सम्बन्धी विधेयक बैठकमा पेश हुने प्रदेश सभा सचिव कृष्ण खड्काले बताउनुभयो ।
उहाका अनुसार सातौं अधिवेशनमै पेश हुनुपर्ने लोकसेवा आयोगको प्रतिवेदन, मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन र समितिको प्रतिवेदनहरु बजेट अधिवेशनमा पेश हुने छन् ।