वैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यस एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महात्म्य सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ, सांसारिक मोहवाट छुट्कारा पाइने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको पाइन्छ ।


वर्षका अन्य सबै एकादशीहरू झैं मोहिनी एकादशीको पनि छुट्टै महत्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी रहने मान्यता छ । अन्य एकादशीहरू झैं यस एकादशीमा पनि बिहानै नुहाईधुवाई गरेर भगवान विष्णुको अर्चना र पुजा गर्ने चलन छ । विष्णु सहस्रनामको पाठदेखि हरिकीर्तनसम्म गर्ने, एकादशी महात्म्यको वाचन गर्ने अनि राति जाग्राम बस्नेसम्म चलन हुन्छ । यस व्रतलाई पुराणमा पनि विशेष महत्व दिइएको छ । यस एकादशीको व्रत बसेमा सहस्र गौदान गरेको फल मिल्दछ भन्ने शास्त्रीय कथन छ ।


मोहिनी एकादशीका बारेमा एक कथा प्रचलित छ । एक पटक धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णसँग वैशाख शुक्लपक्षको एकादशीको महत्व के छ कृपया ममाथि दया गरेर सुनाउनुहोस् भने । त्यसपछि भगवान श्रीकृष्ण भन्नुहुन्छ, ँम तिमीलाई एउटा कथा भन्छु सुन, जुन कथा गुरु वशिष्ठले भगवान रामचन्द्रलाई पहिले नै बताइसक्नुभएको छ ।’ एक पटक रामचन्द्रले गुरु वशिष्ठसँग भन्नुभयो, “गुरुदेव हजुरले मलाई यस्तो उपाय र व्रतका बारेमा बताउनुप¥यो जुन व्रत र उपायबाट मेरा सम्पूर्ण दुःख र पाप नास होओस् । किनकि मैले सीताको वियोगका कारण धेरै दुःख झेलेको छु ।” त्यसपछि गुरु वशिष्ठ भन्नुहुन्छ, “वैशाख शुक्ल एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यो एकादशीको जसले व्रत गर्छ उसले सम्पूर्ण दुःख बाट मुक्ति पाउँछ । ”


वशिष्ठ मुनि भन्नुहुन्छ – सरस्वती नदीको तटमा भद्रावती नामको एक नगर छ । जहाँ चन्द्रवंशमा उत्पन्न सत्यप्रज्ञ र धृतिमान नामक राजा राज्य गर्थे । त्यही नगरमा एक वैश्य बस्थ्यो । ऊ धनधान्यले परिपूर्ण र समृद्धशाली थियो । उसको नाम धर्मपाल थियो । ऊ सधैँ पुण्य कर्ममात्र गथ्र्याे । अरूका लागि कुवा मठमन्दिर बगैँचा पोखरी घर बनाइदिने गथ्र्याे । भगवान विष्णुको भक्तिमा सदा लीन रहन्थ्यो । उसका पाँच पुत्र थिए । सुमना, द्युतिमान, सकृत, धृष्टिबुद्धि । धृष्टबुद्धि पाँचौ पुत्र थियो । ऊ अत्यन्त पापी र दुराचारी थियो । ऊ अत्यन्तै ठुलाठुला पाप कर्म गथ्र्याे । वेश्यावृति, जुवातास आदि दुराचारका कारण उसको देवताको पूजाआजामा मन लाग्दैनथ्यो । आफ्ना मान्यजनको आदरसत्कार गर्न उसले जानेको थिएन । यसले गर्दा उसले बाबुको धेरै धनसम्पत्ति सिध्याउन लाग्यो । यसरी सुध्रने लक्षण नदेखाएपछि बाबुले उसलाई घरबाट निकालिदिए ।

घरबाट निकालिएपछि ऊ अत्यन्तै चिन्तित हुँदै छटपटाउँदै भौँतारिन थाल्यो । वैशाख महिनाको एक दिन ऊ महर्षि कौडिन्यको आश्रममा पुग्यो । महर्षि कौडिन्य गङ्गा स्नान गरेर आइपुग्नुभएको थियो । धृष्टबुद्धि महर्षि कौडिन्य नजिकै गयो र हात जोडेर भन्यो, “हे मुनिवर मलाई अन्तयन्तै ठुलो सङ्कट छ । पिताजीले पनि घरबाट निकालिदिनुभयो । मेरो पहिला जुन रवाफ थियो, त्यो सबै सकियो म अहिले ठुलो दुःखमा परेको छु । यो दुःखबाट कसरी उन्मुक्ति पाउन सकिन्छ, बताइदिनप¥यो ।”

त्यसपछि महर्षि कौडिन्यले वैशाख महिनाको शुक्लपक्षको दिनमा पर्ने प्रसिद्ध मोहिनी नामक एकादशीको व्रत गर्ने सल्लाह दिनुभयो । धृृष्टबुद्धिले महर्षि कौडिन्यको सल्लाह बमोजिम मोहिनी एकादशीमा विधि विधान पूर्वक व्रत ग¥यो । त्यो व्रतको प्रभावले उसका सम्पूर्ण पाप नष्ट भयो र अन्त्यमा दिव्य भेष धारण गरेर विष्णुको धाममा पुग्यो ।

यस संसारमा आएर मनुष्यले प्रारब्धको भोग मात्र भोग्दैन । उसले वर्तमानलाई भक्ति आराधनासँग जोडेर सुखद भविष्यको निर्माण पनि गनृ सक्छ । एकादशी व्रतको महात्म्यले पनि हामीलाई यही कुराको सङ्केत गरेको छ । मोहिनी एकादशी व्रतले मोह आदि सबै नष्ट गर्छ । यसको महात्म्य सुन्नाले एकहजार गाई दान गरे बराबर फल प्राप्त हुन्छ ।