हेटौंडा, ९ जेठ ।
मकवानपुर जिल्लामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १८५ जनाको स्वाव परिक्षण गर्दा ५२ जना पुरुष र ४६ जना महिलामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

संक्रमित मधये अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । आज सबैभन्दा बढी संक्रमण हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ का १३ जनामा देखिएको छ । कोरोना संक्रमण हुनेहरुमा २ जना बालबालिका छन् । संक्रमणदर ५२ प्रतिशत रहेको छ ।

यसैगरि हेटौंडा अस्पतालमा उपचारको क्रममा थप तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ का ४३ बर्षीय पुरुष, हेटौँडा–४ की ६० बर्षीया महिला र हेटौँडा–५ का ८५ बर्षीय पुरुष रहेको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।