हेटौंडा ९ जेठ ।
मकवानपुर कोभिड हेल्प डेक्सका विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । यसैक्रममा अष्ट्रेलियमा रहेका दुई जना युवाहरूले पनि सहयोग गरका छन् ।
अष्ट्रेलियामा बसिरहेका प्रशान्त दाहाल र निशान्त दाहाल दुई दाजुभाइले १०० सिलिण्डर अक्सिजन भर्नका लागि ७० हजार रुपियाँ उपलब्ध गराउनुभएको हो । उहाँहरू मकवानपुर उद्योग वाणिज्य संघका सललाहकार नरोत्तम दाहालका छोराहरू हुनुहुन्छ ।