हेटौंडा, ८ जेठ ।
कोभिड-१९ को संक्रमण खेपिरहनु भएको छ ? होम आइसोलेसनमै रहदा कुनै कठिनाइ भएको छ या अस्पतालमा रहँँदा पनि केही समस्या छ ? यदि यस्तो समस्यामा तपाई या तपाईको परिवार हुनुहुन्छ भने अब नआत्तिनुहोस् संक्रमितलाई उपचार सेवाका लागि मकवानपुरमा नागरिक समाजबाट भरपर्दो र उचित सेवाको पहल भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा कोभिड संक्रमितलाई घर र अस्पतालमा सेवाको पहल भएको हो । मकवानपुर जिल्लामा कृयाशील विभिन्न संघसंस्थाको संयुक्त पहलमा ‘कोभिड हेल्प डेस्क मकवानपुर’ सञ्चालनमा आएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा स्वास्थ्यकर्मीसहितको टोली रहनेछ । टोलीका सदस्यहरुले संक्रमितलाई काउन्सिलिड्ड गर्नेछन् । संघका अध्यक्ष कृष्ण कटुवालले भन्नुभयो, ‘स्वास्थ्यकर्मीले संक्रमितसंग कुराकानी गर्नेछन्, कुनै कठिनाइ भए तत्काल अस्पताल ल्याउन या संक्रमितको घरमै पुगेर उपचार र आवश्यक औषधिको व्यवस्था हुनेछ ।’
‘हेटौंडा अस्पताल र अन्य अस्पतालमा उपचाररत बिरामीलाई पनि सहयोग हुनेछ,’ कोभिड हेल्प डेस्कका सचिवालय सदस्य तथा नारायणी संघ हेटौंडाका महासचिव सरोज खनालले भन्नुभयो,‘अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर सक्रिय रहनेछौं ।’


डेस्क स्थापना
मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील संघसंस्थाहरुले कोभिड १९ न्यूनिकरण अभियान एकीकृतरुपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क मकवानपुर स्थापना गरेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक संघका अध्यक्ष कृष्ण कटुवाल हुनुहुन्छ ।
डेस्कको सदस्यहरुमा नारायणी संघ हेटौंडाका सरोजकुमार खनाल, नारायणी यातायात कम्पनीका गोकर्ण पराजुली, निर्माण व्यवसायी संघ मकवानपुरका श्यामसुन्दर ढकाल, मकवानपुर होटल एशोसिएसनका शंकरलाल श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, उपभोक्ता मब्चका कुमार पौडेल, लायन्स क्लबका शम्भु नकर्मी र टासिडोल्मा तुम्बाहाम्फे, नेपाल पत्रकार महासंघका मणिराज गौतम, रामकुमार एलन र अञ्जली थापा, मकवानपुर उद्योग वाणिज्य संघका माधव न्यौपाने र कृष्ण कुमार गुप्ता अग्रवाल सदस्य छन् । यस्तै, सामुदायिक÷प्रहरी सेवा केन्द्रका राम विष्ट, नेपाल औषधि व्यवसायी संघका नारायण श्रेष्ठ, कृष्ण प्रणामी समाजका बद्री चौलागाई, मारवाडी एशोसिएसनका पवन अग्रवाल, नारायणी पेट्रोलियम विक्रेता संघका उत्सव इटेनी र सार्वजनिक मकवानपुर यातायातका ज्ञानेन्द्र कार्की पनि सदस्य हुनुहुन्छ ।
डेस्कको सल्लाहकारमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नारायणी संघका अध्यक्ष हीरालाल श्रेष्ठ र नेपाल एल पि ग्यास उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरे हुनुहुन्छ ।

७ सदस्यीय सचिवालय
संक्रमितलाई उपचार, सेवा र औषधि वितरण प्रभावकारी बनाउन डेस्कले ७ सदस्यीय सचिवालय पनि गठन गरेको छ । कृष्ण कुमार गुप्ता अग्रवालको संयोजकत्वमा सरोज खनाल, बासु खतिवडा, राम विष्ट, शंकरलाल श्रेष्ठ, नारायणी यातायात कम्पनीका एकजना प्रतिनिधि र रामकुमार एलन सदस्य छन् ।

अक्सिजन उपलब्ध छ
‘कोभिड हेल्प डेस्कसंग अहिले २५ थान अक्सिजन सिलिण्डर छ, संयोजक कृष्ण कटुवालले भन्नुभयो, ‘हेटौंडाबाहेक अन्य स्थानीय तहमा सिफारिस अनुसार अक्सिजन उपलब्ध गराउछौं । डेस्कले अक्सिजन सिलिण्डरसंगै पिपिइ, औषधि, बिरामीलाई पौष्टिक आहार पनि उपलब्ध गराउने छ । आवश्यक्ता अनुसार उपचार सेवा पनि उपलब्ध हुनेछ ।

अक्सिजन कन्सन्ट्रेटर
बिरामीलाई अस्पताल ल्याउन या अस्पतालबाट घर पठाउँदा अक्सिजन सिलिण्डरको अभावमा कन्सन्ट्रेटर पनि प्रयोगमा ल्याउन सकिन्छ । ‘हामीसंघ दुईवटा कन्सन्ट्रेटर पनि उपलब्ध छ,’ संयोजक कृष्ण कटुवालले भन्नुभयो, ‘कम्युनिटी पार्टनर्स इन्टरनेशनल तथा एन. आई. डि. यस. नेपाल, काठमाडौंले उक्त कन्सन्ट्रेटर सहयोगस्वरुप उपलब्ध गराएको हो ।

आइसोलेसनको तयारी
मकवानपुरमा कोभिड बिरामी अस्पताल र घरमा छन् । उनीहरुलाई परामर्श र उपचारमा डेस्कले सहयोग गर्ने हो । ‘यदि थप उपचारका लागि अस्पतालमा बेड अभाव र होम आइसोलेसनमा ठाउ“ अपुग भए मउवासंघको पल्पसा हलमा आइसोलेसन सेन्टर सञ्चालन गर्नेछौं’, डेस्कका सचिवालय सदस्य सरोज खनालले भन्नुभयो, ‘पल्पसामा आइसोलेसन चलाउन हामी तयार छौं र स्थानीय प्रशासनबाट अनुमति भए तत्काल स्वास्थ्यकर्मीकै निगरानीमा सञ्चालन गर्नेछौं ।’

तपाईलाई फोन आउन सक्छ
तपाई कोभिड संक्रमित हुनुहुन्छ ? संक्रमितको परिवार हुनुहुन्छ ? या छिमेकी हुनुहुन्छ ? जे होस् तपाईलाई कुनैपनि बेला डेस्कको सचिवालयबाट फोन आउन सक्छ । बिरामीलाई कस्तो छ, केही आवश्यक छ ? अथवा डेस्कको टोली बिरामीकहा“ औषधि र स्वास्थ्य सामग्री बोकेर आउदैछन्, लोकेसन सोध्न तपाईलाई फोन आउन सक्छ । ०५७५२०३१०, ५२३३१० ५२१२६० बाट तपाईलाई फोन आउन सक्छ । तपाईले पनि बिहान ८ बजेदेखि सा“झ ६ बजेसम्म कोभिड संक्रमणको सूचना, सहयोगका लागि यही नम्बरमा फोन गर्न सक्नुहुनेछ ।

एम्बुलेन्स तयार छ
तपाईलाई अप्ठेरो भयो, बिरामीलाई च्याप्यो ? फोन गर्न सक्नुहुनेछ । अक्सिजन सुविधासहितको एम्बुलेन्स डेस्कसंग छ । अस्पताल आउन वा अस्पतालबाट घर फर्किन पनि एम्बुलेन्स सेवा छ । स्वास्थ्यकर्मी, औषधि र एम्बुलेन्स सेवा उपलब्ध छ ।

परोपकारी काममा सहकार्य
नागरिक समाजका तर्फबाट यो अभियान चलाइएको हो । मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी संघ हेटौंडा, नारायणी यातायात कम्पनीले डेक्स सञ्चालनका लागि केही आर्थिक जोहो गरेका छन् । ‘पैसै नभएर उपचार नपाउने अवस्था नआओस् भन्नेमा छौं’, संयोजक कटुवालले भन्नुभयो, ‘सेवा सुविधासंगै बिरामीको अवस्था हेरेर आर्थिक सहयोग पनि गर्रौला ।’
यो अभियानमा नागरिक सामाजका सदस्यहरु निस्वार्थ जोडिएका छन् । तपाई पनि भएको/सकेको स्वास्थ्य सामग्री, औषधिलगायत आर्थिक सहयोग दिन सक्नुहुनेछ ।