हेटौंडा, ८ जेठ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो।

बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी बताउनुभयो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसमा गए राति आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसक्नुभएको छ ।