होटैंडा ः ८ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले स्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जालमा उहाँले अबका कार्यदिशामा स्वास्थ्य सङ्कटकाललाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उल्लेख गर्नुभएको छ ।


पाँच ओटामा प्रस्तुत गर्नुभएको अबको कार्यदिशामा थापाले राष्ट्रको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी तीन महिनाभित्रमा कोरोना महामारी नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । सम्पूर्ण नेपाली नागरिकलाई खोपको व्यवस्था सुनिश्चित गर्नुपर्ने पनि उहाँको भनाइ छ ।

यसैगरी चुनाव निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्दै चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने वातावरण सिर्जन ागर्नुपर्ने थापाको भनाइ छ ।