हटौंडा ः ८ जेठ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि संसद्को चीरहरण भएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रया दिँदै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा प्रतिगमन दोहोरिएको बताउनुभएको छ । संविधानमाथि शीतल निवासले कुठाराघात गरेको उहाँको भनाइ छ ।
संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको टिप्पणी गर्दे नेता नेपालले यस्ता कार्य, व्यवस्था नै कु गर्ने अग्रसरता भएको बताउनुभएको छ ।