हेटौंडा, ८ जेठ ।


नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज बस्दै छ । आज देउवा निवास बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवाले बैठक आह्वान गनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि काँग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।देउवाले पार्टीका नेताहरुसँग बैठकपछि विपक्षी दलका नेतासँग पनि आफै छलफल गर्ने तयारी गर्नुभएको छ । माओवादी केन्द्र, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव पक्षसँग पनि देउवाले छलफल गर्ने तयारी गर्नुभएको हो ।


संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन सकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिसमा संसद विघटन गरी आउँदो कात्तिक २६ र मङ्सिर ३ का लागि मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको हो ।