८ जेठ ।

अमेरिकारले नेपाललाई प्रदान गरेको स्वास्थ्य सामग्री आज नेपाल आइपुग्दै छ । कोरोना महामारीबाट नेपाली जनताको ज्यान बचाउन अमेरिकाले ठुलो परिमाणको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

अहिले पठाएको स्वास्थ्य सामग्रीसहित अमेरिकाले यता १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सहयोग दिएको छ ।अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत नेपाल पठाएको यो हालसम्मकै ठूलो स्वास्थ्य सहयोग हो । कोरोना महामारीसँग जुधिरहेको नेपालका लागि यो सहयोग पठाइएको नियोगले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

अमेरिकाबाट आउने सामग्री आजसम्ममा आइपुग्ने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको हो ।