हेटौंडा ः ८ जेठ ।


जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान विघटनतर्फ उन्मूख रहेको बताउनुभएको छ । समाजिक सञ्जालमार्फत ट्विट गर्दै भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताउनुभएको हो ।


संसद् विघटन गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मङ्सिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै भट्टराईले यसलाई मध्यावधि चुनाव नभएर लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको बतउनुभएको छ ।


आज विहान भट्टराईले ट्वीटरमा यसको प्रतिवादमा उत्रिन आह्वानसमेत गर्नुभएको छ । भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत सुरू भएको उहाँको भनाइ छ ।