हेटौंडा, ७ जेठ ।


मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने २८ ओटा सवारी साधन नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएका प्रहरीले मकवानपुरका विभिन्नबाट २८ सवारी साधन र एक जना मानिसलाई नियन्त्रणमा लिएको हो ।


गस्तीका क्रममा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल, स्कुटर, अटो, साना गाडीसमेत गरी २८ओटा सवारी साधनहरू र एक जना मनिसलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।