हेटौंडा, ७ जेठ ।


नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले पार्टीको एकता जोगिएका की भनेर आफूले विपक्षीको सरकार बनाउनका लागि हस्ताक्षर नगरेको बताउनुभएको छ ।


उहाँले सामाजिक सञ्जालमा नेकपा एमालेको पार्टी एकता जोगाउन आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नगएको बताउनुभएको हो । भट्टराईले आजको दिन आफ्नो राजनीतिक इतिहासमा कठिन दिन भएको बताउनुभएको छ । आफ्नो यो निर्णय सही थियो वा गलत भन्ने भनेर इतिहासले गर्ने मूल्यांकनका लागि खडा भएको धारणा राख्नुभएको छ ।

उहाले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको थियो ।