हेटौंडा, ७ जेठ ।
पछिल्लो समय राजनितिक गर्मागर्मी निक्कै बढेको देखिन्छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभयो। उहाँले आज साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।

यससँगै नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा चार दलका नेता छलफलमा जुटेका छन्।


कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेता माधव नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , जसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसहित नेताहरू छलफलमा जुटेका हुन्।

उनीहरूले नयाँ सरकार बनाउन दाबी पेश गर्ने तयारी गरिरहेका छन्।