हेटौंडा, ७ जेठ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कोरोना भाइरस संक्रमित तीन जना पुरुष रहेको हेटौंडा अस्पतालले जनाएको छ ।
मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ का ७४ बर्षीय एक पुरुष, हेटौडा उपमहानगरपालिका वडा नम्बर–११ का ६० बर्षीय एक पुरुष र रौतहट चन्द्रपुर–१ का ४६ बर्षीय एक पुरुष गरी ३ जनाको मृत्यु भएको हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।