हेटौंडा, ७ जेठ ।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले कोरोना महामारीकै बीचमा पनि चुनाव गर्न सकिने बताउनुभएको छ ।
महामारी उत्कर्षमै रहेका बेला अमेरिका, भारत लगायतका देशमा चुनाव भएको भन्दै उहाँले चुनाव परिस्थितिजन्य घटना भएकाले जुनसुकै बेलामा पनि हुन सक्ने बताउनुभयो ।
बालुवाटारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उहाँले तोकिएका स्वास्थ्यका मापदण्ड अपनाएर चुनाव गराउन समस्या नहुने बताउनुभयो ।
यसैबिच उहाँले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा लैजानु भनेको दुई पार्टी एकीकरणअघिको अवस्था नभइ एकीकरणसहितको अवस्थामा फर्कनुरहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले दुई पार्टी एकीकरणपछि राखेको नाम अर्को पार्टीसँग जुधेर दर्ता खारेज भए पनि एकीकरण खारेज नभएकाले पार्टी अलग भएपछि पनि एमालेमै रहेका एकीकरणताकाका नेताहरूलाई हटाउन नसक्ने बताउनुभयो ।
उहाँले अहिले एकीकरणसहितको एमाले भएकाले त्यहीअनुसार पार्टीको जिम्मेवारी बाँडफाँड र समस्या समाधान हुने बताउनुभयो ।