हेटौंडा ७ जेठ ।


पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना सङ्क्रमणबाट १२ हजार ६४५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत २४ घण्टामा विश्वभर ६ लाख ३५ हजार ८८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

केही दिनदेखि विश्वभर कोरोना सङ्क्रमण क्रमिक रूपमा घटिरहेको विश्व स्वास्थ्य सङ्गठनको अपडेटले देखाइरहेको छ । हालसम्म विश्वभर १६ करोड ५८ लाख २३ हजार ५६९ मा कोरोना सङ्क्रमण भएको छ । त्यस्तै, १४ करोड ६५ लाख १३ हजार ३२६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ६ लाख भन्दा बढी कोरोना सङ्क्रमणमुक्त भएका छन् ।


आज बिहानसम्म विश्व स्वास्थ्य सङ्गठनले दिएको तथ्याङ्क अनुसार ३४ लाख ४४ हजार ३८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ५ हजार ८४७ जनाको ज्यान गएको छ । १ लाख १५ हजार ८५२ सक्रिय सङ्क्रमित रहेका छन् भने ४ लाख ८८ हजार ६४५ जनामा सङ्क्रमण भइसकेको छ ।