हेटौंडा ७ जेठ ।


आज पनि देशका अधिकांश स्थानमा बदली भई वर्षाको सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च हिमाली जिल्लाहरूमा हल्का हिमपात हुने पनि महाशाखाले बताएको छ ।

दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही स्थानहरू र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश न १ का एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ । राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा सामान्यतया सफा रहने छ ।