हेटौंडा ७ जेठ ।


नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक आह्वान गर्नुभएको हो । देउवा निवास बुढानिलकण्ठमा नौ बजेपछि बस्ने बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र केही प्रभावशाली नेताहरूलाई समेत बोलाइएको छ ।


राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल हुने कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न प्रकाशित विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक भएको ठहरसमेत कांग्रेसले गरेको छ ।