हेटौंडा, ५ जेठ ।

भोलि हुने राष्ट्रिय सभाको उपनिर्वाचनको सबै तयारी पूरा भएको छ । मकवानपुरको हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान हुने मतदानको तयारी पुरा भएको हो ।

आज निर्वाचन अधिकृतको कार्यालयले पत्रकार र उमेदवारका प्रतिनिधिहरुका बिचमा गरेको अन्तरकृया कार्यक्रममा यसका बारेमा जानकारी दिएको हो । मतदानबाट कसैलाई पनि वञ्चित नगर्नका लागि प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई पीसीआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।

बिहीबार बिहान ९ बजेबाट सुरु हुने मतदान प्रक्रिया दिउँसो ३ बजे सकिने छ । सबै मतदाताले पिसिआर रिपोर्ट उपलब्ध गराउन नसक्ने अवस्था देखिएपछि अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले वताउनुभयो ।