हेटौंडा, ५ जेठ ।
मकवानपुरमा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय ४३ जनाको स्वाब संकलन गर्दा ५२ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । संक्रमितहरुमा १९ जना महिला र ३३ जना पुरुषमा संक्रमण भएको उहाँले वताउनुभयो ।
आजको रिपोर्टमा ३५ प्रतिशतमा मात्र संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ५ का १० जना रहेका छन् ।
त्यस्तै मकवानपुरगढीका ४ र जिल्ला बाहिरको १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएका मध्ये ३ बालबालिका रहेका छन् भने २ जना ७५ वर्ष माथीका जेष्ठ नागरिक रहेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो ।
यसैगरि हेटौंडा अस्पतालमा कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । उहाँको हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएकोे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।