हेटौँडा , जेठ ५ ।

आज बिहान गएको भूकम्पमा परि लमजुङ बेशिसहर नगरपालिकामा एकजना घाइते भएका छन् । नगरपालिकाको चनौटेमा घर भत्किएर १ जना घाइते भएको प्रदेश सभा सदस्य मधु अधिकारी गुरुङले बताएकी छिन् । उनका अनुसार मर्स्याङ्दिमा पनि भूकम्पले क्षति पुगेको छ । उनले उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आज विहान लम्जुङ केन्द्र बनाएर ५।८ रेक्टर स्केलको भूकम्प भएको थियो ।