हेटौंडा, ४ जेठ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको प्रांगणमा सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ । हेटौंडाका युवाहरुको समूहले अस्पताल छेउमा हेल्प–डेक्स स्थापना गरेका हुन् । कोरोना भाइरसको संक्रमणदर बढिरहेको समयमा बिरामी र बिरामीका आफन्तहरुलाई सहयोग र सहजीकरण गर्न लागि हेल्प–डेक्स को स्थापना गरिएको अभियन्ता रामकृष्ण शिवाकोटीले बताउनुभयो ।
कोरोना संक्रमणले निम्त्याएका विभिन्न समस्या समाधानमा सहयोग गर्न सामाजिक संजाल फेसबुक मार्फत ‘कोभिड हेल्प डेस्क टिम’ गठन गरिएको शिवाकोटिको भनाई छ । कोरोना संक्रमणका कारण अस्पताल आउन र अस्पताल आएपछि पर्ने समस्या, घरैमा अक्सिजनको अभाव भए अथवा अन्य कुनै समस्या परे हेल्प–डेक्स मा सम्पर्क गर्न सकिने छ ।
यस समुहले कसैसँग अक्सिजन सिलिन्डर भए भरेर निशुल्क उपलब्ध गराउने, बिरामीलाई रगत र अक्सिजन उपलब्ध गराउन सहयोग गर्ने, अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई समेत सहयोग र समन्वय गर्ने ‘हेल्प डेक्स’ का अभियन्ता प्रविन मैनालीको भनाई छ ।
सहयोगका लागि २४ सै घण्टा फोन गर्न सकिने भन्दै यि नम्बरहरु सार्वजनिक गरिएको छ ।
सम्पर्क नम्बरहरुः
९८४४२६९७७१, ९८४२०८८९५९, ९८५५०६८९२७, ९८५५०६८६५८, ९८५५०६८२७७ , ९८५५०६७०३३, ९८५५०१२२२७, ९८५५०१०३००, ९८१११९१५४७, ९८०२९०३११०, ९८६०९५८७१०, ९८५५०१४१३८ र ९८४५०२७०६१ रहेको छ ।