हेटौंडा, ४ जेठ ।
मकवानपुरमा आज थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत जेठ १ र २ गते संकलन गरिएको ३७४ स्वाव मध्ये ३७४ को पीसीआर परिक्षणबाट २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
संक्रमित मध्ये अधिकांश हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का सबैभन्दा धेरै ३२ जना छन् ।
आजको संक्रिमतिमध्ये १२ जना बालबालिका छन् । जसमा ४ जना ४ वर्षका रहेको बताइएको छ । यसैगरि ७५ बर्ष माथिका ४ जना जेष्ठ नागरिकमा संक्रमण देखिएको छ ।
आजको संक्रमणदर ४५ प्रतिशत हो ।