हेटौंडा, ४ जेठ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार राजकुमार न्यौपाने समुहले हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ । समुहका वाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार राप्रसाद न्यौपानेले अक्सिजन सिलिन्डर हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रशाईंलाई हस्तान्तरण गर्नुभयो ।

केहिदिन अगाढि हेटौंडा अस्पतालले कोरोनाको बिरामी बढ्दै गएको र अस्पतालमा अक्सिजन अभाव भएको जनाएको थियो । अस्पतालले विज्ञप्ती जारी गर्दै अक्सिजन अभावमा कोभिडका बिरामी भर्ना लिन नसक्ने बताएको थियो । त्यसपछि अस्पतालमा अक्सिजनको जोहोमा स्थानिय सरकार, जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा समूहहरु लागि परेका छन् ।


यस्तै यही समूहले मानव सेवा आश्रम हेटौंडालाई १५ बोरा चामल प्रदान गरेको छ । महामारीको समयमा आश्रममा रहेका नागरिकलाई केही राहत होस् भन्ने उद्देश्यले चामल प्रदान गरिएको बताइएको छ ।
यस समूहले मकवानपुर कोभिड हेल्पडेक्स टिमलाई स्वास्थ्य सामग्री मास्क पनि प्रदान गरेको छ ।