हेटौंडा, ४ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहणको विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आफैँले हेर्नुहुने भएको छ ।
गएको शुक्रवार शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरि प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्नुभएको थियो ।
वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले प्रधानमन्त्री ओलीले शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।