हेटौंडा, ३ जेठ ।
कोरोना भाइरस संक्रमणका कारण नेपालमा एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुनः बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ७६७ रहेको छ ।
यता मकवानपुरमा आज १ सय ७२ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा १ सय ५२ जनाको पीसीआर रिपोर्ट र २० जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुरमा आज एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।