हेटौंडा ः ३ जेठ ।
मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्ने ११ जनालाई प्रहरीले कारबाही गरेको छ । निषेधाज्ञाको समयमा सवारीसाधन लिएर हिँडिरहेका उनीहरूलाई सङ्क्रमक रोग ऐन २०२० अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न चेकिङ प्वाइन्टमा गस्तीमा रहेका प्रहरीको टोलीले आइतबार मोटरसाइकल, स्कुटर अटो तथा साना गाडीसमेत गरी १९ ओटा सवारीसाधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामध्ये दुई ओटा सवारीसाधनको कागजपत्रसमेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।