हेटौंडा, २ जेठ ।
मकवानपुरमा आज ९२ जनाले कोरोनालाई जितेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा होम-आइसोलेसनबाट ८५ जना र आइसोलेसनबाट ७ जनाले गरी थप ९२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
आज कोरोना जित्नेहरुमा सबैभन्दा बढी ८१ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि मनहरी गाउँपालिकाका ३ जना, थाहा नगरपालिकाका, भीमफेदी, बागमती र मकवानपुरगढी गाउँपालिकाका २ २ जना रहेका छन् ।
यस्तै जिल्लामा आज थप एक सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बैशाख ३० र ३१ गते संकलित १ सय ८६ नमुना मध्ये १ सय ८६ को पीसीआर परिक्षणबाट १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
कोरोना संक्रमित हुनेहरुमा हेटौंडाका सबै भन्दा धेरै रहेका छन् । आज संक्रमणदर ६६ प्रतिशत छ । आज संक्रमण पुष्टि हुनेमध्ये ७ जना बालबालिका छन् जसमा एकजना एक वर्षिय छन् । यस्तै ७५ वर्ष माथिका जेष्ठ नागरिक ४ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक चौलागाइँले जानकारी दिनुभयो ।