हेटौंडा, २ जेठ ।

बागमती प्रदेश प्रहरीले प्रशिक्षण गतिविधिमा काठका डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीले अव फायरीङ बाहेकका अन्य प्रशिक्षणमा काठमा डमि हतियार प्रयोग गर्ने भएको हो ।

प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाईहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आईरहेकोमा उक्त हतियारहरु बिग्रने, फुट्ने, तथा काम नलाग्ने हुने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी मिरा चौधरीले जानकारी दिनुभयो ।

सक्कली हतियारको तौल तथा आकारमा निर्माण गरी वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले हस्तान्तरण गर्नुभएको छ ।