हेटौंडा, २ जेठ । नेकपा एमालेभित्रको विवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदल बनाउनु भएको छ ।
आइतबार ओली र नेपालबीच भएको छलफलपछि कार्यदल बनाएर विवाद मिलाउने सहमति भएको हो । कार्यदलमा अध्यक्षका तर्फबाट सुवास नेम्बाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यस्तै, नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
कार्यदलले तीन दिनभित्र विवाद समाधानको प्रतिवेदन बुझाउने बताइएको छ । प्रधानमन्त्री ओलीले भने कार्यदललाई थप समय दिइनु पर्ने बताउनु भएको छ ।