हेटौंडा, २ जेठ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो बेलुका र आज बिहान थप ४ जनाको मृत्यु भएको हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेले वताउनुभयो ।


मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ कि ७४ वर्षीया महिला, हेटौंडा–१४ कै ४८ बर्षीया महिला, हेटौंडा–८ की ६१ बर्षीया महिला र हेटौंडा–२ का ६४ बर्षीय एक पुरुष गरी ४ जना कोरोना संक्रमित बिरामी मृत्यु भएको हो ।


उनीहरु चारजनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक चारै जना वैशाख २६ गते यता कोरोना पोजेटिभ देखिएका बिरामी हुन् ।

स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो । मकवानपुरमा दैनिक कोरोना संक्रमितको मृत्युदर बढिरहेको छ ।