हेटौंडाः २ जेठ ।
मकवानपुर प्रहरीले भीमफेदीबाट बेवारिसे अवस्थामा अवैध भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले भीमफेदी गाउपालिका वडा नं. ६ बाट सो बन्दुक बेवारिसे अवस्थामा भेटेको थियो । स्याउली बनको रुखको चेपमा बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको १ नाले भरुवा बन्दुक थान २ फेलापरेको र बन्दुक कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो