हेटौंडाः २ जेठ ।

प्रहरीले हेटौंडा बजारमा निषेधाज्ञा उल्लङ्घन गर्ने ३८ ओटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले मकवानपुरका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको हो । जिल्लाको विभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने माटरसाइकल, स्कुटर, अटो, साना गाडी, बस, ट्रकगरी जम्मा ३८वटा सवारी साधनहरूसहित कागजपत्र नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी ७ जनालाई सङ्क्रमक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरिएको पनि रिमालले बताउनुभयो ।