हेटौँडा , जेठ १ ।

कोभिड महामारीको पछिल्लो समयमा जनप्रतिनिधीले सार्वजनिक बिदाका दिन पनि जनचेतना फैलाउँदै गाउँबासीको घरदैलोमा पुग्न थालेका छन् । शनिबार पश्चिम मकवानपुरको मनहरी गाउँपालीका उपप्रमुख मनिला विष्ट कोरोनाको नयाँ भेरीयन्ट तथा यसको रोकथामको विषयमा जनचेतना फैलाउन सर्वसाधारणको घर दैलोमै पुग्नु भएको छ । उहाँले वडा न १ चकरीमा पुगी गाउँबासीलाई कोभिड बाट सजग रहन आग्रह समेत गर्नुभयो ।


केहि दिन अघि मात्रै कोभिड १९ का कारण मनहरी १ मा एक युवाको ज्यान गएको थियो । उपप्रमुख विष्टले मृत्यु भएका व्यक्तिको परिवारका सदस्यहरुसँग भेटघाट गरी आवश्यक परामर्श दिइएको बताउनुभयो । साथै उहाँले परिवारलाई अत्वाश्यक स्वास्थ्य सामाग्री समेत वितरण गर्नुभयो ।

”महामारीको यो समयमा हामीले सम्पुर्ण गाउँबासीलाई घरबाहिर ननिस्कनु भनेका छौँ , हामी पनि उहाँहरुसम्म पुगेनौँ भने मानसीक असर पर्न जान्छ” उहाँले भन्नुभयो , ”यस्तो आपतकालीन अवश्थामा हामीले सार्वजनिक बिदा भनेर घर बस्नु हुँदैन । यो त झन् सम्पुर्ण गाउँबासीसँग नजिक हुने र उहाँहरुको सेवा गर्ने हाम्रो सुनौलो अवशर हो ”।
उहाँले अबको केहि समय विकास निर्माणको कामलाई थाँती राखि प्रत्येक वडावडामा पुग्ने र मानीसहरुको अत्यावश्यक सेवालाई सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नभयो । साथै उहाँले अतिआवश्यक सहयोगको लागी चौबिसै घण्टा आफु सेवामा हाजीर हुने बताउनुभयो ।