हेटौंडा ः १ जेठ ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर सहितको टोलीले शनिबार गौरीटार आइसोलेसनको अनुगमन गरेको छ । अनुगमनका क्रममा नगर प्रमुख महतले सबै कोभिडका बिरामीहरूसित स्वास्थ्य अवस्था, खाना तथा खाजाको अवस्थालगायत विषयमा चासो राख्नुभएको थियो ।
कोराना (कोभिड –१९) को दोस्रो भेरियन्ट सुरु भएपछि हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरिरहेको गौरीटार आइसोलेसनबाट हालसम्म ७३ जनाले सेवा लिएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी भानु थपलियाले जानकारी दिनुभयो । गौरीटार औसोलेसनबाट अहिलेसम्म ३० जना डिस्चार्ज भई घर गएको, ३२ जनाले सेवा लिइरहेको र ११ जनालाई हेटौंडा अस्पतालमा रिफर गरिएको थपलियाले जानकारी दिनुभएको छ । हाल गौरीटार आइसोलेसनमा विभिन्न भौतिक सुविधासहित २ जना नर्स, २ जना पारामेडिकल स्टाफ, एम.डी. डfक्टर १ जनासहित एउटा एम्बुलेन्स २४ घन्टाका लागि व्यवस्था गरिएको छ ।
अनुगमनमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, उपप्रमुख मीनाकुमारी लामा एवं प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य स्वास्थकर्मीको सहभागीता थियो ।