हेटौंडा ः १ जेठ ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो ।
काठमाडौँका मेसौकेले खेलको २१ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् । खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे । पहिलो संकरणको उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो ।