हेटौंडा, १ जेठ ।

मकवानपुर जिल्लाभर आजबाट जेठ १३ सम्म निषेधाज्ञा लगाइएको छ । यसअघि वैशाख २० बाट जिल्लाको चार स्थानिय तहमा गरिएको निषेधाज्ञा आजबाट भने जिल्लाभर लागु हुने जनाइएको छ ।
आजबाट जारी निषेधाज्ञाको स्वरुप पनि परिवर्तन गरिएको छ । यस अघि प्रत्यक दिन बिहान खाद्यान्न, तरकारी तथा अत्यावश्यक उपभोग्य सामान खरिद गर्न बिहान ३ घण्टा हेटौंडा बजार खुल्ला गर्न समय दिइएको थियो । अव भने हेटौंडा बजार क्षेत्रमा हप्तामा दुई दिन मंगलबार र शुक्रबार मात्र खाद्यान्न, तरकारी सहित बैङ्क तथा वित्तीय संस्था खोल्न पाइनेछ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मानिसलाई अनावश्यक हिंडडुलमा रोक लगाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले शक्तिखवर डटकमसँग कुराकानी गर्दै थप कडाइका साथ निषेधाज्ञा लगाइएको बताउनुभयो । संक्रमण फैलनबाट रोक्न निषेधाज्ञा जारी गरिएकाले सबै नागरिकलाई निषेधाज्ञाको पालना गर्न आग्रह समेत गर्नुभयो ।