हेटौंडा, १ जेठ ।
मकवानपुरमा आज दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मृत्यु हुनेमा हेटौंडा वडा नम्बर–४ कि ७३ वर्षीय महिला रहेको हेटौंडा अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.सागर काफ्लेले वताउनुभयो । उहाँको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ का वर्ष ७७ को एक वृद्धाको मृत्यु भएको छ । उहाँको राक्सिराङ गाउँपालिका वडा नम्बर- ५ स्थित चैनपुरको कोभिड अस्पतालमा शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएकोे बताइएको छ ।