हेटौँडा, १७ माघ । फागुन १९ गतेबाट रिलिज हुने चलचित्र ‘छक्का पन्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ ।

डेभिड शंकर र सहिमा श्रेष्ठको आवाजमा रहेको गीतमा राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरि, दिपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे माग्नेबुढा, बुद्धि तामाङ्ग, राज आचार्य लगायतका कलाकार फिचर रहेका छन् ।

हेमराज विसीको निर्देशनमा रहेको चलचित्रको कार्यकारी निर्मातामा केदार घिमिरे माग्ने बुढा र निर्मल शर्मा रहेका छन् ।